चीन- चीनको दक्षिणी शहर यिङ्देमा रहेको एक रेस्टुरेन्टमा आगजनी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार मध्यराति लागेको आगो करिब १ बजे बिहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच रेस्टुरेन्टमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। ३२ वर्षीय लिउ चुन्लुले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले बताएको छ।

'आगलागी हुनुभन्दा पहिले लिउले मदिरा सेवन गरेको र झगडामा संलग्न भएको स्वीकारे पनि उनले नै आगो लगाएका थिए कि थिएनन् भन्नेबारे थप अनुसन्धान अघि बढाइएको छ।'

आगलागीबाट रेस्टुरेन्टको १५ हजार अमेरिकी डलर बराबरको भौतिक क्षति भएको पनि जनाइएको छ। (रासस/सिन्ह्वा)