नेपालगञ्जमा गुण्डा नाइकेको रुपमा परिचित रिगल ढकाल भनिने योग ढकाललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका रिगललाई बाँके जिल्ला अदालतले उक्त फैसला गरेको हो ।

जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्याका मुख्य योजनाकार रिगललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीन वर्षअघि नेपालगन्जमा खुडा प्रहार गरी मानन्धरको हत्या भएको थियो । सुरुमा सहकर्मी भई काम गरेका मानन्धर अर्काे समूहमा गएपछि २०७२ साल असार २८ गने खुँडा प्रहारी गरी उनको हत्या भएको थियो । ७ भदौ २०७२ मा ढकालले अदालतमा आत्मसर्मपण गरेका थिए । उनी त्यसबेला तरुण दलका क्षेत्रीय सभापति थिए । ढकालले आत्मसमर्पण गरेको दुई वर्षपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

अभियुक्तमध्ये प्रेमध्वज खत्री, विशाल बस्नेत, नवराज खत्री र मोहन खड्कालाई जन्मकैदको सजाय भएको छ । साझापोस्ट बाट साभार