बैशाख १२, काठमाडौँ, राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले बुधबार तुलसीपुरमा प्रदर्शन गरेको छ।उक्त समितिले नियमित आन्दोलनका कार्यक्रम अनुसार बसहरू सँगै गुडाएर सडकमा प्रदर्शन गरेको हो।समितिहरूको नविकरण नगर्ने तथा सिण्डिकेट अन्त्य गर्ने सरकारी कदम विरुद्ध यातायात व्यवसायी आन्दोलनरत छन्। त्यही कार्यक्रम अन्तरगत बुधबार बिहान दाङको सडकमा समितिका दर्जनौं बसहरूसँगै गुडाएर प्रदर्शन गरिएको समितिका कल्याणकारी सचिव प्रकाश भट्टले जानकारी दिए।

घर(घरमा राखेका गाडी निकालेर तुलसीपुर, घोराही र लमही क्षेत्रको सडकमा विरोध प्रदर्शन गरिएको उनले बताए। यसैबीच, भट्टले बुधबार बिहान बिना क्यू अर्थात् आफूखुसी सबै बसहरू सडकमा उतारेर विरोध गर्ने कार्यक्रम रहेको जानकारी दिए। तर, सरकार भने आफ्नो पूर्ववत निर्णयमा अडिग रहँदै समितिलाई सदाको लागि खारेज गर्ने तयारीमा दृढतापूर्वक उभिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार मात्रै राप्ती समितिका पदाधिकारीहरूले आफूहरू प्रालिमा रुपान्तरित भएर बसहरू सञ्चालन गर्न तयार रहेको तर त्यसका लागि राज्यले यातायात प्राधिकरण गठन गर्नुपर्ने माग गरेका थिए। उनीहरूले समितिको चल अचल सम्पत्तिको आफैँ व्यवस्थापन गर्न पाउनु पर्ने प्रमुख माग प्रस्तुत गरेका थिए।