नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई बुधबार चितवनमा सम्बोधन गर्दै प्रचण्डले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस् या चीनका राष्ट्रपति सि जिङ् पिङ्सँगको कुरामा होस् मैले भनेको छु तपाइँहरु एक्लै विकास गर्छु भनेर बीचमा भएको नेपाललाई छोड्दिनुभयो भने तपाइँहरुको विकास पूर्ण हुनेवाला छैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष प्रचण्डले छिमेकी दुई देशको विकासको पूर्णताका लागि पनि नेपाल सबैभन्दा बढी लाभान्वित हुनुपर्नेमा जोड दिए ।पछिल्लो समय दुबै देशसँगको सम्बन्ध थप सुमधुर बन्दै गएको उनको भनाई छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आम नेपालीलले सत्ता पक्ष, प्रतिपक्ष, मधेशी, पहाडी, हिमाली सबै मिलेर एकपटक विकासका लागि संकल्प गर्ने बेला आएको बताउनुभयो ।