बेलायती भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले वैशाख १२ को भुइँचालोका सम्बन्धमा सोमबार तीनवटा विश्लेषण सार्वजनिक गरेका थिए।

पहिलो, गोरखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका भुइँचालाको सबै शक्ति निख्रिएको छैन। बचेको शक्ति काठमाडौंमुनि थुप्रिएर बसेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दोस्रो, यो भुइँचालोले काठमाडौं उपत्यका र वरपरका क्षेत्र साबिकभन्दा करिब एक मिटर माथि उठेको छ। काठमाडौंभन्दा उत्तरी हिमाली क्षेत्रको उचाइ भने लगभग ६० सेन्टिमेटर घटेको छ।

तेस्रो, ठूलो भुइँचालो जाँदा हिमाली शृंखला अग्लो हुन्छ।

‘नेचर जियोसाइन्स’ नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित यी तीन विश्लेषणमध्ये पहिलो बुँदाबारे ‘भुइँचालो कथा’ शृंखलाको अघिल्लो लेखमा चर्चा गरिएको छ।

अब रह्यो बाँकी दुइटा विश्लेषण।

के काठमाडौं उपत्यकाले साँच्चिकै आफ्नो ठाउँ छाडेकै हो? काठमाडौंभन्दा उत्तरको गणेश हिमाल क्षेत्र पहिलेभन्दा ६० सेन्टिमेटर होचो भएकै हो? रोचक कुरा त, उत्तरी हिमालको उचाइ घटेको छ भने त्यो तथ्यांकले ठूलो भुइँचालो जाँदा हिमाली शृंखला अग्लो हुन्छ भनी बुझ्ने आधार कसरी दिन्छ?

https://youtu.be/MZlEhRS415w