काठमाडौँ, १२ बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट सार्वजनिक गरिएको छ ।

आफ्ना नियमित गतिविधि सञ्चारकर्मी र जनतासामू लैजान वेवसाइट निर्माण गरिएको हो । अब प्रधानमन्त्री ओलीका सम्पूर्ण गतिविधिहरु उनको साइटमा अपडेट हुनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साइटमा ओलीलाई सत्यको पक्षमा उभिने तर शक्तिसँग नझुक्ने नेता भनिएको छ । उनको साइटमा समाचार, गतिविधि, मन्तव्य, सम्बोधन, साक्षात्कार, लेख–रचना र कार्यपत्र, सत्ता–संसद, पत्रपत्रिका, पुस्तक, फोटो फिचर लगायतका गतिविधि समेटिएका छन् ।

http://kpsharmaoli.com.np/ का नामबाट सार्वजनिक साइट नियमित अपडेट हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।