रौतहट । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शुक्रबार (भोली)पार्टी एकताको कामलाई अन्तिम रूप दिने बताएका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पनि शुक्रबार एकता प्रक्रिया टुङ्गोमा पुर्याउने गरी तयारी गर्नेबारे कुरा भैरहेको उनले खुलाशा गरे ।

रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सिंगो देशले एकता चाहेको प्रतिक्रिया दिए। वाम एकता जनताको साझा सम्पत्ति भएको उनको भनाई थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको भन्दै विलम्ब गर्न नहुने बताए। पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको उनको भनाइ छ। 'एकताको पहल भर्खर भएको होइन', उनले भने, 'कम्युनिष्टहरुबीच एकता गर्ने विषयमा २०५० साल जेठ ६्७ गते मदन भण्डारीसँग छलफल गर्ने कुरा भएको थियो तर, केही दिनअघि नै उहाँको हत्या भयो।’

एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको भन्दै उनले एकताको प्रक्रियामा उत्रिन कार्यकर्ताहरुलाई आह्वान गरे।