अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नविना लामाले राजनीतिक संघर्षसँग लामो समयदेखि संगाल्दै आएको प्रेम आजदेखि विवाह बदलिएको छ ।

मुलुकका राजनीतिक परिवर्तनहरुमा अग्रमोर्चामा रहेर संघर्ष गर्दै आइरहेकी अध्यक्ष नविनाले संघर्षकै दिनहरुमा संरक्षण गर्दै आएको १२ वर्षको प्रेम सम्बन्ध आज विवाह बन्धनमा बाँधिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

३५ वर्षीया नविनाले प्रेमी प्रविन श्रेष्ठसँग आज आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट शैलीमा विवाह गरेकी हुन् । प्रविन पनि अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य हुन् । उनीहरुको विवाहमा राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, विभिन्न विद्यार्थी संगठनका नेता–कार्यकर्ता र आफन्तजनको उपस्थित रहेको छ ।