विराटनगर/ हैरान च्यालेन्ज राष्ट्रिय प्रतिभाको खोजी गर्दै डान्स फिवरको व्यानरमा निर्मित नेपाली चलचित्र “हैरान ”को टिम पुर्वमामा आएको छ । चलचित्र हैरानको प्रमोशनार्थ देश व्यापी रुपमा आयोजना गर्न लागिएको नेशनल वाईड हैरान च्यालेन्ज राष्ट्रिय प्रतिभाको खोजी बैशाख २० गते झापाबाट पहिलो अडिसन राउण्ड शूरु हुने भएको छ ।

चलचित्र हैरानकी कार्यकारी निर्मात्री सम्झना पोखरेलले विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली यूवा यूवतीहरुको प्रतिभालाई प्रोत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गर्न लागिएको बताएकी छिन् । २० गते झापाको विर्तामोडवाट शुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा र २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उत्कृष्ट प्रतिभावान व्यक्तिहरुले १ लाख नगद सहित डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने मौका पाउने डान्स फिवरकी सञ्चालक तथा कार्यकारी निर्मात्री पोखरेलले जानकारी दिईन् ।तीन विधामा गरिने छनौटवाट प्रत्येक विधामा प्रथम हुने प्रतियोगिले नगद १ लाख र डान्स फिवरको व्यानरमा बन्ने चलचित्रमा सम्झौता गरिने छ । साथै हरेक विधाका १५ उत्कृष्ठ विजेताले जनही १० हजार नगद र डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा विधाअनुसारको मौका प्रदान गरिने छ । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै गितमा र अर्को आफुले नै छनौट गरेको गितमा २/२ मिनेटमा आफ्नो प्रस्तुति दिईसक्नु पर्नेछ ।

प्रतियोगिताका निर्णायकको रुपमा चलचित्र हैरानका कलाकार निश्मा घिमिरे,स्वरुपराज आचार्य,निर्मल शर्मा,सत्यराज आचार्य र गम्भिर विष्ट रहने आयोजकले जानकारी दिएको छ । जेठ ४ देखि देशभरीका सवै सिनेमा घरहरुमा एक साथ चलचित्र हैरान प्रर्दशन हुने भएको छ ।यसका निर्देशक सौगात बिष्ट हुन, ७ वर्ष ३ सय ४० दिनको उमेरमा नेपाली सिनेमाको निर्देशन गरेर गिनिज बुक अफ वर्ड रेकर्ड बनाएका सौगातकाे हैरान दोस्रो चलचित्र हो ।उनले ‘लभ यू बाबा’ पहिलो नेपाली चलचित्रको निर्देशन गरेका थिए । “हैरान ” नेपाली कथामा आधारित नेपाली सेनेमा हो । काम नपाएर सडकमा अल्लारे जिवन विताएर हैरान भएका यूवाहरुको कथा वस्तुलाई सेनेमामा समावेश गरिएको छ । समग्रमा “हैरान ” उत्कृष्ट नेपाली चलचित्र हो । र देश भरीका नेपालीहरुले एक पटक हेर्नै पर्ने गरी निर्माण गरिएको छ ।

फाेटाे फिचर :