संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले कर्मचारीलाई विशेष सुविधा दिन नसक्ने प्रष्ट पारेका छन्।

शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलमा बोल्दै मन्त्री पण्डितले कर्मचारीले एक तह बढुवा भएर अवकास लिन खोजिरहेको बताउँदै सरकारले अहिले त्यो दिनसक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आगामी बजेटमा सेवासुविधा हेरफेर हुनसक्ने भए त्यतिबेला नै छलफल गरिने भन्दै तत्काल कुनै सुविधा दिन नसकिने बताए।

देशलाई समृद्धितर्फ अघि बढाउन सक्षम, जुझारु र इमान्दार राष्ट्रसेवक सरकारलाई आवश्यकता भएकाले त्यस्ता कर्मचारीलाई सेवामा समर्पित गराएर मात्रै सबै तहमा पठाउने बताए। उनले सेवा प्रवेश गर्दा गरेको बाचा नबिर्सिन कर्मचारीलाई स्मरण समेत गराए।

कर्मचारीहरुमा अहिले सरकारले खटाएको ठाउँमा गएर सेवा गर्ने र अर्को विना सर्त अवकास लिई बस्ने दुईवटा मात्रै विकल्प रहेको बताउँदै मन्त्री पण्डितले दुईमध्ये एउटा रोज्न आग्रह गरे।

उनले सरकारले १८ दिने सूचना जारी गरी इच्छाएको ठाउँमा जान चाहने कर्मचारीलाई समायवधि दिएकाले जान चाहेको ठाउँको नाम लिखित रुपमा १५ दिनभित्र मन्त्रालयमा जानकारी गराउन आग्रह गरे। सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई उनले निजामति ऐन बमोजिम कारबाही गर्ने दाबी गरे।