सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलेले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् ।
टिकट काउन्टर बन्द भएसँगै लामो तथा छोटो दुरीमा चल्ने बसका क्युसिट पनि निकालेका छैनन । नियमित जस्तो रुट नम्वर लिएर चल्ने बस स्वतन्त्र चल्न छाडिदिएका छन । स्वतन्त्र रुपमा चल्न थाले पछि सर्बसाधारणले सहज रुपमा सबै ठाउमा गाडी पाएका छैनन । बुटवलको बस पार्क, ट्राफिकचोक, भैरहवाको सुनौली, बसपार्क सहित देशैभरका टिकट काउन्टर बिहानै देखि खुलेका छैनन । बसपार्कबाट नियमित छुटने गाडी आफु खुशि छुटेका छन । कम यात्रु हुने ठाउमा गाडी गएका छैनन भने शहरी क्षेत्रमा धेरै गाडी चलेका छन ।
जसका कारण सडक भरी अस्त व्यस्त रुपमा गाडी गुडेकाले सडक जाम भएर ट्राफिक व्यवस्थापनमा समेत कठिनायी भएको छ । सडक भरी रित्ता गाडी गुडेकाले बुटवल लगाएका शहर अस्तव्यस्त बनेका छन । मिडिया एन पी बाट










