उदयपुरको चौदन्डीगढी नगरपालिका वडा नम्बर–९ को वडा कार्यालयमा स्थानीयले शुक्रबार तालाबन्दी गरेका छन् ।

विकास निर्माणको सिफारिस माग्दा वडाध्यक्ष प्रकाश राउतले ‘प्रतिपक्षी भनेर अभद्र व्यवहार गरेको’ भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडाध्यक्ष राउतले कार्यालयमै स्थानीय विज्ञान कार्की र प्रेमकुमार खड्कालाई जुत्ता प्रहार गरेको स्थानीयको आरोप छ ।

चौदन्डीगढी नगरपालिकाले वडा नम्बर–९, को साझाबोटेदेखि गाउँसम्म जाने बाटोका लागि एक लाख रुपैयाँ विनियोजन गरेको थियो ।

सोही रकमको सिफारिस माग गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरेको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । ईमेज खबर बाट