बिराटनगर । साढे ३३ केजी सुन प्रकरणमा प्रहरी हिरासतमा रहेका ३ प्रहरी अधिकारीलाई डिआईजी ज्ञानविक्रम शाहले सुटुक्क भेट गरेको खुलासा भएको छ । डिआइजी शाह प्रदेश नं १ का निमित्त प्रहरी प्रमुख हुन् ।

प्रकरणमा मुछिएर प्रहरी हिरासतमा रहेका पूर्व डिआईजी मोहन निरौला, निलम्बित एसपी विकासराज खनाल र डिएसपी सञ्जयबहादुर राउतलाई भेटेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी अरुणकुमार विसी नभएको अवस्थामा उनले उनीहरुसँग गोप्य भेट गरेको खुलासा भएको छ।

प्रहरी हिरासतमा रहेका उनीहरुलाई प्रहरी प्रमुख विसीकै कार्यकक्षमा बोलाएर डिआईजी शाहले करिव आधा घण्टा वार्तालाप गरेका थिए । उनले हिरासतमा रहेका ती प्रहरी अधिकारीलाई किन भेट गरे भन्ने बारे केही थाहा हुन सकेको छैन ।