दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा आगामी बैशाख १९ गते देखि दमक गोल्डकप फुटबल प्रतियोगीता हुँदैछ । यस प्रतियोगीतामा ए डिभिजनका फुटबल क्लबहरुको पनि जमघट रहने भएकाले यसलाई फुटबल प्रेमीले व्यघ्र प्रतिक्षा पनि गरि रहेका छन् ।

गोल्डकपको तयारीका लागि बिभिन्न समिति र उपसमितिहरु पनि क्रियाशिल छन् । प्रतियोगीता सम्पन्न गर्न दमक–८ का वडा सदस्य तथा झापा जिल्ला फुटवल संघका उपाध्यक्ष भिमराज चौलागाँईको संयोकत्वमा गठित समितिले तयारीको कार्य गरि रहेको छ । प्रस्तुत् छ, यसै बिषयमा दमक गोल्डक–२०७५ आयोजक समितिका संयोजक भिमराज चौलागाँईसँगको कुराकानी ः

दमक गोल्डकपको मिति नजिकिई रहेको छ, तयारी कहाँ पु¥याउनु भयो ?

दमक गोल्डकको तयारीको मुख्य मुख्य काम सकिएको छ । मैदानको व्यवस्थापन सकिएको छ भने ५ हजार भन्दा बढि दर्शक अटाउने प्याराफिट निर्माण पनि अन्तिम चरणमा छन् । दमक गोल्डकपको उद्घाटनका लागि प्रधानमन्त्री एवम् यसै क्षेत्रबाट निर्वाचित सांसद केपी शर्मा ओली आउने पक्का भएको छ । अव तयारीका केहि आन्तरीक कार्यहरु मात्र बाँकि छन् ।

दमकको खेलकुदका लागि दमक गोल्डकप किन आवश्यक छ ?

दमकको मात्र होईन झापाको खेलकुद र फुटबलको विकासका लागि पनि दमक गोल्डकप आवश्यक ठानिएको छ । खेलकुदका लागि उर्वर रहे पनि र कयौं खेल प्रतिभा भए पनि झापामा अझै खेलकुदको अपेक्षित विकास हुन सकेको छैन । तर पनि बिभिन्न गोल्डकपहरु झापामा हुँदै आएका छन् । ति प्रतियोगीताहरुले पनि फुटवलको विकासमा सहयोग पुगेको छ । यो दमक गोल्डकप त स्थानीय सरकारकै प्रत्यक्ष आयोजनामा हुँदैछ । यो स्थानीय सरकारले खेलकुदलाई कति महत्व दिएको छ भनेर थाह पाउने बिषय पनि बन्यो । समग्रमा भन्नु पर्दा दमक गोल्डकपले झापाको खेललाई, यहाँको फुटबललाई नयाँ उचाई दिने छ भन्ने लाग्छ ।

कुन कुन टीमले सहभागीता जनाउँदैछन्, यस गोल्डकपमा ?

दमक गोल्डकपमा १० ओटा टीमले भाग लिँदैछन् । सुरक्षा निकायका तीन ओटै बिभागीय टीमहरु, नेपाल प्रहरी, सशष्त्र प्रहरी तथा त्रिभुवन आर्मी क्लब आउने पक्का भएको छ । यस्तै यस प्रतियोगीतामा झापा ११, मनाङ् मस्र्याङ्दी, थ्रीस्टार, सरस्वती क्लब, रुपन्देही ११, मदन भण्डारी एकेडेमी र आयोजको टीम भाग लिँदैछन् । राष्ट्रिय स्तरका टीम र उत्कृष्ट खेलाडीहरु विचको प्रतिष्पर्धा हुने भएकाले दमक गोल्डकप विसेश र दमकका लागि अभुतपूर्व हुने अपेक्षा छ ।

यसको सफलताका लागि के के गर्नु भएको छ, सहयोग समन्व्य कसरी जुटाउनु हुन्छ ?

यो खेलकुद विकास समिति वा नगरपालिकाको मात्र आयोजना होईन । सिंगो नगर र नगरबासीकै आयोजनामा यो दमक गोल्डकप हुन लागेको हो । दमकको गौरव रहने गरि दमक गोल्डकप हुन लागेकाले सवै नगरबासी, संघ, संस्था, उद्योगी व्यवसायी, सञ्चार क्षेत्र, खेल क्षेत्र सवै बाट सहयोग पाई रहेका छौं । सरकार तथा राष्ट्रिय खेलकुद परिषद, खेल सम्बद्ध अन्य निकाय, संघ, जिल्ला खेलकुद विकास समिति सवै क्षेत्रसँग हाम्रो समन्वय भएको छ । त्यसैले दमक गोल्डकपले पूर्ण सफलता पाउनेमा हामी ढुक्क छौं ।

दमक गोल्ड कप किन दमकका लागि विशेस हुने छ ?

दमक गोल्डकपले दमकको राष्ट्रिय पहिचान स्थापित गर्न पनि सघाउ पु¥याउने छ भने गोल्डकपलाई कुनै एक क्षेत्रको मात्र नभई दमकबासीको साझा गौरवको बिषयका हामीले लिएका छौं, सवैले यसरीनै बुझि दिनु भएको छ । नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिँदै परिषदबाटै अनुमोदन गरि गोल्डकप तय भएको हो । नव वर्ष २०७५ को आगमनसँगै हुने यस प्रतियोगीताले सामाजीक सद्भाव, खेल क्षेत्रको अभिवृद्धी, प्रतिभा प्रोत्साहन लगायतका क्षेत्रमा पनि टेवा पुग्ने छ । प्रतियोगीता सम्पन्न गर्न बिभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । सवै क्षेत्रको सहयोग तथा समन्वयबाट खेल सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसैले यो गोल्डकप एउटा गर्व गर्न लायक इतिहास हुने छ । दमक गोल्डकपको माध्यमबाट दमकको मान, सम्मान र पहिचानलाइ फरक रुपमा चिनाउछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah