भूकम्प पीडितका लागि एकिकृत नमुना बस्ती बनाएर चर्चामा आएका सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनका नामबाट उनले काम अघि बढाउँदै आएका छन् । उनले भूकम्प पीडितका लागि मात्र नभई महोत्तरीको बर्दिवासमा एकिकृत मुसहर बस्ती बनाएर हस्तान्तरण समेत गरेका छन् । अब उनी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागि परेका छन् ।

धुर्मुस सुन्तली क्रिकेट रंगाशाला बनाउदै, एउटा सामान्य परिवारमा जन्मेका धुर्मस कसरी लाखौको मन जित्न सफल भए ? विदेशमा रहेका नेपाली किन नेपाललाई पिडामा हेर्न सक्दैनन् । माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले रंगशाला निर्माण कसरी गर्ने भन्ने सम्बन्धमा आधारीत रहेर गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/KZLoMHacIn4