दमक/युवा संघ झापाको बिस्तारित बैठकले उपाध्यक्ष शम्भु भण्डारीलाइ अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । यो संगै युवा संघको जिल्ला समिति आयोजक समितिमा परिणत भएको छ ।

अध्यक्ष त्रिलोचन सापकोटा स्थानीय तहमा निर्वाचित भएको लामो समयपछि उनले यो जिम्मेवारी छाड्दै भण्डारीलाइ प्रदान गरेकाहुन । विस्तारित बैठकले नयाँ कार्य समिति बनाएको छ । सचिब रहेका नविन इजम उपाध्यक्ष बनेकाछन् भने सह सचिव विकास सुमन कार्की सचिब भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सह सचिवकोे जिम्मेवारीमा बिकास गिरी आएकाछन् । कोशाध्यक्ष सागर पोर्तेल चुनिएकाछन् । अध्यक्ष भण्डारीले ६ महिनाभित्रमा अधिवेसन गराइने बताए ।