नेपालको पश्चिमी सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो गतिविधि बढाएको छ । नेपाली भूमी कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा जान स्थानीयले भारतीय प्रहरीसँग अनुमति लिनुपर्ने बाध्यता रहेको छ ।

नगरपालिकाको वडा नं. ९ बिचफाटा सीमा पिल्लर नम्बर १९४ रहेको स्थानीनमा कञ्चनपुरका स्थानीयले लागाउन स्थानीयले लागएको विद्युतीय तरबार समेत भारतीय प्रहरीले उखेलेर पालेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय प्रहरीको उक्त दादागिरीविरुद्ध स्थानीयले विरोध जनाएका छन् ।

भारतीय प्रहरीको पोष्टबाट १५ मिटर दक्षिण—पश्चिममा रहेको पिल्लर नम्बर १९५ रहेको स्थानमा स्थानीयहरु जान खोज्दा भारतीय प्रहरीले जना दिएन ।

आफ्नै भूमीमा जान पनि भारतीय प्रहरीले अवरोध गरेपछि त्यस ठाउँमा केही समय निकै विवाद सिर्जना भएको थियो । विवादले उग्ररुप लिन थालेपछि भारतीय प्रहरीले ३, ४ जना स्थानीय मात्र जान पाउने सहमति भयो उनले भने, पत्रकार पनि जान नमिल्ने भिडियो क्यामेरा पनि लिएर जान नपाउने सर्तमा हामीलाई त्यहाँसम्म जान दियो ।

स्थानीय त्यो ठाउँमा पुग्दा पिल्लर नम्बर १९५ भारतीयले प्रहरीले उखेलेर फालेको भेटिएको छ । एसएसबीले स्थानीयहरुसँग दुर्व्यवहार पनि गरेका छन् ।

उक्त कुराको जानकारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई पनि गराइ सकिएको स्थानीयले बताए ।

यसअघि पुनर्वास क्षेत्रमै सीमा क्षेत्रको विषयमा विवाद हुँदा भारतीय प्रहरीको गोलीबाट गोविन्द गौतमको निधन भएको थियो । केन्द्र बिन्दु डट कम बाट