बैशाख १६, काठमाडौं– शिक्षामा बजेट बृद्धि गर्न र शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा दिने व्यवस्था कानुन बनाई कार्यान्वायन गर्न माग गर्दै बिद्यार्थी संगठनहरुले अर्थमन्त्री डा.युवराज खतिवडालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन्। आगामी बजेटमा शैक्षिक क्षेत्रका लागि कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट छुट्याउनुपर्ने उनीहरुको माग छ।
उच्च शिक्षा अध्ययन गरेर पनि काम रोजगार नपाएर विदेश जानुपर्ने अवस्था रहेकाले त्यसलाई अन्त्य गर्न निश्चित शैक्षिक योग्यता प्राप्त गरेका युवालाई प्रमाणपत्रका आधारमा कर्जा दिन कार्य्विधि बनाउन उनीहरुले अर्थमन्त्रीलाई आग्रह गरेका छन्। आफ्ना माग सुनुवाई नभए सडक आन्दोलन गर्ने समेत उनीहरुको चेतावनी छ।
अनेरास्ववियुका कार्यवहाक अध्यक्ष महेश बर्ताैला, नेविसंघका नैनसिंह महर, अखिल क्रान्तिकारीका रञ्जित तामाङ, अखिल छैंठौंका विमल पोखरेल तथा नेपाल क्रान्तिकारी बिद्यार्थी संघका अध्यक्ष निरज लवजुले आइतबार संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै उस्तो माग गरेका हुन्।
यसअघि पनि केहि दिन अगाडी संयुक्त बिद्यार्थी संगठनले निजी बिद्यालयले चर्को शुल्क लिने गरेको विरोधमा शिक्षा बिभाग घेराउ गरेका थिए ।











