काठमाडौ । नेपाली कांग्रेस पराजयको जिम्मा नेपाली कांग्रेस केन्द्रीय समितिलाइृ दिईने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी केन्द्रीय कार्य समितिले लिने समझदारी गरेको हो । ‘पराजयको जिम्मेवारी केन्द्रीय कार्य समितिले लिने समझदारी सहित प्रस्ताव तयार भएको केन्द्रीय सदस्यले भने, ‘केही समयभित्र बैठक सुरु हुन्छ ।’
निर्वाचनको पराजयको जिम्मेवारी कसले लिने भन्नेमा सभापति शेरबहादुर देउवा पक्ष र असन्तुष्ट पक्षबीच मत विभाजीत भएको थियो । दुई पक्षबिच मत विभाजित भएपछि शनिबारदेखि बैठक बस्न नसकेको हो । त्यस्तै, बैठकले विधान संशोधन मस्यौदा समितिका साथै कार्यसम्पादन र संसदीय समितिका विषयमा पनि निर्णय लिनेछ । सभापति देउवासहित निकट नेताहरु केन्द्रीय समितिको हलमा बसी रहेका छन् भने असन्तुष्ट पक्षका नेताहरु रामचन्द्र पौडेलको कार्यकक्षमा छलफलमा जुटेका छन् ।
त्यस्तै, बैठकले भदौमा महासमिति बैठक र जेठमा जिल्ला सभापतिको भेला गर्ने दुबै पक्षबीच सहमति जुटेका छ। सभापति देउवा पक्ष असोजमा महासमिति गर्ने पक्षमा थिए भने असन्तुष्ट पक्ष जेठको अन्तिम वा असारको पहिलो साता महासमिति गर्नु पर्ने अडानमा थिए । छल फल बाट










