दयाराम आचार्य नवलपरासी, वैशाख १६ – नवलपरासीको कावासोती नगरपालिका–५ को कालिका माविमा चट्याङपछि आगलागी भएको छ ।

चट्याङका कारण विद्युत सट भएर विद्यालयमा आगलागी हुँदा विद्यालयका २५ कम्प्युटर जलेर नष्ट भएका छन् । आइतबार साँझ ६ बजेको समयमा परेको चट्याङ्का कारण विद्यालयको कम्प्युटर ल्याबमा रहेको विद्युत मिटर बक्स सट भएपछि आगलागी भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागी भएपछि ल्याबमा रहेका २५ वटा कम्प्युटर जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक लेखराज पोखे्रलले बताउनु भयो । आगलागीबाट झण्डै ६ लाख बराबरको क्षति भएको उहाँको भनाई छ । आगो अहिले निभाइसकिएको छ । उज्यालो ।