विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिकाले बिशिष्ठ योगदान दिने ब्याक्तिको सम्मान गर्ने उदेश्यले नगरसभाबाट पारित गरेको १ लाख राशिको ‘नगरप्रमुख प्रतिभा सम्मान’ बरिष्ठ लोकगायक एल.पी जोशिलाइ प्रदान गर्ने सार्वजनिक गरेको छ । ८ दशक उमेर पार गरिसक्नु भएका जोशि शुरुवातदेखि नै दमकलाइ कर्मथलो बनाएर बसोबास गर्दै आउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आउदो बैशाख १९ गते बुधबार पहिलो पटक जोशिलाइ प्रदान गर्न लागिएको आइतवार दमक नगरपालिकामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
नगरपालिका प्रमुख रोमनाथ ओलीका अनुसार दमक नगरपालिकाले बिभिन्न खेल, कला, साहित्य तथा सस्कृतिका प्रतिभाहरुलाइ प्रोत्साहन र सम्मान गर्ने नीति लिए अनुसार नगरसभाबाट यो निर्णय भएको थियो ।
जोशि लोकगायकका रुपमा मात्र नभएर शब्द सङ्कलक,संगीतकार, चित्रकार र कलाकारका रुपमा समेत परिचित रहनु भएको छ । उहाँले आफै संकलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भएका छन् । रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो गीत अहिले पनि जनजिब्रोमा रहेको छ ।
पत्रकार सम्मेलनमा नगरपालिका उपप्रमुख गीता अधिकारीले नगरको यो बिशिष्ठ प्रकारको पुरुस्कार सहितको सम्मान भएको बताउनु भयो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।









