राजतन्त्रको सँधैभरी विरोध गरेका नयाँ शक्ति नेपालमा संयोजक डा. बाबुराम भट्टराई पूर्वराजा ज्ञानेन्द्रका भाई धीरेन्द्रपुत्री श्रेया राज्यलक्ष्मी शाहलाई नागरिकता नदिने प्रशासनसँग चिढिएका छन् ।

बाबु उपस्थित नगराई नागरिकता दिन नमिल्ने सरकारी अधिकारीको अडानपछि धीरेन्द्रकी छोरी श्रेयाले नागरिकता पाउन नसकेको जनाएका बाबुरामले उनको आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित रहेको उल्लेख गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सरकार अधिकारी र जनप्रतिनिधिले नागरिकता दिन रोक्नु दुखदायी भएको भन्दै तत्काल नागरिकता दिनका लागि अपिल गरेका छन् । ‘दिवंगत धीरेन्द्र शाह र जया पाण्डे शाहकी छोरी श्रेया शाहलाई यो समस्या परेको कुरा हाल कामानपा–३ वासीको नाताले मैले पनि सुनेको छु । छिटो नागरिकता दिइयोस् !’

धीरेन्द्र ०५८ मा भएको दरबार हत्याकाण्डमा मारिएका ज्ञानेन्द्रका कान्छा भाई हुन् । श्रेया उनकी कान्छी पत्नी जयाकी छोरी हुन् । दैनिक नेपाल बाट