काठमाडौँ, १७ बैशाख । प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका प्रहरी प्रमुख (एसपी)को सरुवा गरेको छ । धादिङ, सुनसरी, सिरहा, मकवानपुर र कञ्चनपुरमा एसपीहरुको सरुवा भएको हो ।
केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका जीवनकुमार श्रेष्ठ सिरहा सरुवा भएका छन् । त्यस्तै, लोकेन्द्र श्रेष्ठलाई मकवानपुर, एसपी डम्बर बहादुर विकलाई धादिङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको छ । धादिङका ध्रुवराज राउत अनुसन्धान विभागमा आएका छन् ।
साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्रलाई पठाइएको हो । यता जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका दानबहादुर कार्की प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा आएका छन् । सबै डीएसपीलाई काजमा सरुवा गरिएको बताइएको छ ।










