दमक/झापाको दमक नमूना मार्गको बीच भागमा लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले निर्माण गरेको लायन्स स्तम्भ यहाँको आकर्षण बनेको छ ।
सामाजिक क्षेत्रमा कृयाशिल लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमको सक्रियतामा यस क्लवका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले ब्याक्तिगत रुपमा सहयोग संकलन गरेर लायन्स स्तम्भ र त्यो माथि ढुंगाको स्तम्भ बनाएर राखेकाहुन् ।
यसले यस नमूना मार्गको शोभा बढाएको पाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नमूना मार्ग उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
https://www.youtube.com/watch?v=0rosUXLGJZw&t=5s










