मेचीनगर। झापाको मेचीनगर-१० स्थित निन्दा खोलामा बेवारिसे शव फेला परेको छ। अन्दाजी ४५ वर्षको जस्तो देखिने पहिचान खुल्न नसकेको एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार तराई मुलका बासिन्दा जस्तो देखिने कालो जिन्स पाइन्ट, सेतोखैरो धर्के टि सर्ट, म्याजिक चप्पल, बायाँ हातमा रातो रङको प्लास्टिकको चुरा लगाएको व्यक्ति खोलामा डुबेको अवस्था भेटिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको शवलाई मेची अञ्चल अस्पातल भद्रपुरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।