वीरगञ्ज–पोखरीया सडकखण्ड अन्र्तगत पोखरीया नगरपालिका वडा नं ४ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्का दुई घाईते भएका छन् । दुर्घटनामा जिराभवनी गाउँपालिका–१ बलुवा निवासी २८ वर्षीय महेन्द्र मुखिया विन र सोही गाउँका २० बर्षीय भोज मुखिया विन रहेका छन् ।
गम्भिर घाईते भएका दुवैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । त्यसैगरि जिराभवानी गाउँपालिकाकै रामबाबु मुखिया विन र धनीलाल मुखिया विन घाईते भएका छन् । भोजको वीरगञ्ज हेल्थ केयर अस्पतालमा र धनीलाल मुखिया विनको न्युरो सर्जीकल अस्पतालमा उपचार भईरहेको छ ।
आईतबार मध्यराती पौने बाह्र बजे चारै जना एउटै अनटेष्ट मोटरसाईकलमा सवार थिए । मोटरसाईकल पोखरिया नगरपालिका,४ कृष्ण आयल स्टोर नजिकै विग्रेर बनाउन राखिएको ना ४ त ९६०७ नम्बरको ट्याक्टरमा ठोक्किदा दुर्घटना भएको थियो ।
पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ बलुवाबाट जन्ती गएर बिन्दबासिनी गाउँपालिका–१ गर्दौबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा परेको हो । दुर्घटना लगत्तै प्रहरी पुगेर घाईतेहरुलाई उपचारका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ । अत्याधिक मादक पदार्थ सेवन गरी चार जना बसेर तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ । नया पत्रिका बाट साभार










