विष्णुप्रसाद पोखरेल दमक/झापा दमकको सुरक्षा ब्यवस्था अत्यन्त कडा बनाउन शुरु गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमलाइ लक्षित गरेर सुरक्षा कडा बनाएको पाईएको हो ।
सुरक्षाकर्मीहरुले कार्यक्रम हुने स्थलहरुको निगरानी बढाएकाछन् भने ओली सवार हुने सडक आसपासमा समेत कडा सुरक्षा ब्यवस्था मिलाउन शुरु गरिएको छ । दमकमा थप सुरक्षा वल समेत केन्द्रित रहेको सुरक्षा श्रोतको भनाइ छ ।
भोली बुधबार ओली सहभागिता जनाउने कार्यक्रमस्थलहरुको प्रहरीका उच्च अधिकारीहरुले हिजो साँझसम्म स्थलगत अवलोकन गरेकाछन् । उनिहरुले दमक प्रहरीलाइ सुरक्षा बन्दोबस्त दरो बनाउन निर्देशन समेत दिएको बताइएको छ ।
प्रंधानमन्त्री ओली झापा आउने भएपछि सुरक्षाकर्मीहरुलाइ यहि कार्यक्रम लक्षित प्रशिक्षण र निर्देशन प्रहरीले दिदै आएको थियो । दूइ दिनमा धेरै कार्यक्रम रहेपछि कार्यक्रमस्थलको सुरक्षामा निक्कै हम्मेहम्मे देखिएको छ ।










