काठमाडौं । माओवादी केन्द्रले पार्टी एकताको बिषयमा आवश्यक छलफल गर्न केन्द्रिय सचिवालयको बैठक आह्वान गरेको छ ।

पार्टी एकता प्रक्रिया अपेक्षित गतिमा अघि नबढ्दा माओवादी केन्द्रले केन्द्रिय सचिवालय समितिको बैठक बोलाएको हो । बैठक कोटेश्वरको पेरिशडाडाँस्थित पार्टी केन्द्रिय कार्यालयमा बिहान ११ बजेका लागि बोलाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी एकता गर्ने घोषणा सहित प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एमालेसंग मिलेर चुनाव लडेको माओवादीले सम्मानजनक एकताको बिषयलाई जोड दिदै आएको छ । निर्वाचन र प्रादेशिक सरकारमा प्रतिशतका आधारमा भागबन्डा भएपनि पार्टी एकता भने बराबरीमा हुनुपर्ने माओवादीको माग छ । सो बिषयमा एमालेसंग सहमती जुट्न नसक्दा वाम पार्टी एकता अन्यौलमा परेको छ ।