भद्रपुर– झापाको भद्रपुर नगरपालिका–१ का ५२ वर्षीय बालकुमार तामाङको करेन्ट लागेर मृत्यु भएको छ।

दुध बेच्न बजार गएका तामाङलाई डेरीमा करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार किच्चकबध सहकारी संस्थामा दुध लिएर गएका तामाङलाई चिलिङभ्याटको ढक्कन खोल्ने क्रममा करेन्ट लागेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते अवस्थामा पाथीभरा अस्पताल भद्रपुरमा भर्ना गरिएका उनको सोमबार साँझ मृत्यु भएको सिमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ।