काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार इजरायलका राजदूत बोनी ओमेरले भेट गर्नुभएको छ । अध्यक्ष दाहाललाई भेट्न राजदूत ओमेर बिहानै खुमलटार पुग्नु भएको थियो ।

अध्यक्ष दाहालले राजदूत ओमेरसँग कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ’ उहाँले भन्नुभयो, ‘त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।’

अध्यक्ष दाहालसँग राजदूत ओमेरले इजरायल कृषिमा प्राविधिक सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउनु भयो। ‘हामीले मौरीपालन, फलफूल र तरकारी खेतीमा प्राविधिक सहयोग गर्न सक्छौ’ उहाँले भन्नुभयो, इजरायलको कृषिमा सिकौ र कमाऔं भन्ने नीति छ ।’

राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न आफूहरू तत्पर रहेको धारणा राख्नुभयो । जनता समाचार बाट