एमाले - माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियामा अन्योल देखिएको छ । शीर्ष तहमा संवाद हुन नसक्दा दुई पार्टीबीचको पार्टी एकता प्रक्रियामा अन्योल देखिएको हो । शीर्ष नेताहरुको कार्य व्यस्तताका कारण संवाद हुन नसक्दा एकता प्रक्रिया अन्योलमा परेको हो । प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाने भएकाले थप केहि दिन छलफल नहुने भएको छ । यद्यपी औपचारिक भेटवार्ता नभए पनि दुई अध्यक्ष निरन्तर संवादमा रहेकाले एकता प्रक्रियामा कुनै समस्या नरहेको नेताहरुले दावी गरेका छन् । दुवै दलका शीर्ष नेताहरुले वैशाख महिनाभित्रै पार्टी एकता हुने दावी गर्दै आएका छन् । एमाले उच्च स्रोतले भन्यो, पार्टी एकताका बिषयमा दुई अध्यक्षबीच निरन्तर छलफल भईरहेको छ , विवादित बिषय करिब अन्तिम चरणमा पुगेको छ ।
२० गते दिनभर दुई अध्यक्षको बैठक बसेर त्यसको टुंगो लगाउनु हुनेछ । दुई अध्यक्षबीच बिहिबार हुने छलफलबाट एकताको मिति तय हुने नेताहरुको दाबी छ । एकताका लागी बिभिन्न मितीको चर्चा भएपनि केहि असहमती कायमै रहेपछि एकताप्रक्रिया पछि धकेलिदै गएको छ । एमाले नेता झलनाथ खनालले केहिदिन भित्रै सहमति भएर एकताको खाँका सार्बजनिक हुने उल्लेख गरे। खनालले भने– केहि बिषयमा सहमति हुनासाथ एकता प्रक्रियाले गति लिन्छ, ढुक्क हुनुहोस २ दलबिच ढिलो चाँडो जे भएपनि एकता हुन्छ । माओवादी केन्द्रले एकता पूर्ब नै मुलुभुत बिषयमा लिखित सहमति चाहेको छ भने एकता प्रक्रिया बराबरीको सिद्धान्तमा हुनुपर्ने बताउँदै आएको छ । राजनितिक शास्त्रका प्राध्यापक भीम सुब्बा, दुई दलको एकताका बिषयको मुख्य विवाद नै नेताहरुको व्यवस्थापन भएको बताउछन् ।
मुलभुत रुपमा एकिकृत पार्टीभित्र आफ्नो अस्तित्व देखाउन पनि सम्मानजनक भागबण्डा आवश्यक भएको माओवादीका कारण समस्या देखिएको उनको विश्लेषण छ । पछिल्लो समय माओवादी केन्द्रले बराबरी हैसियतमा पार्टी एकता हुने बताउँदै आएको छ भने यसअघि दुई दलबीच भएका भद्र सहमतिको पनि सुनिश्चितता खोजेको छ । छलफल डट कम बाट










