झापा, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासीको नाममा जहाँ सुकै छाप्रो हाल्न अब नपाइने बताएका छन् ।

गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले अब व्यवस्थित बस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न अब नपाइने बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अब त्यस्तो चल्दैन । जहाँ पायो त्यहाँ छाप्रो हाल्ने, हामी नागरिक होइनौं हामीलाई हटाउन पाइन्छ ? भन्न अब पाइदैन’ उनले भने ।

सबै मानिस गरिखाने बाटोतिर लाग्नुपर्ने भन्दै ओलीले त्यसको व्यवस्था सरकारले गर्ने बताए । उनले सुकुम्बासी समस्याको समाधान पनि योजनावद्ध ढंगबाट गरिने बताए । नेपालमा व्यवस्थित शहर नै नभएको भन्दै उनले स्थानीय सरकारहरुले त्यसको पहल गर्नुपर्ने बताए ।

अस्पताल, शिक्षालय, बजार, मनोरञ्जनस्थल आदि एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने ओलीको भनाइ छ ।

https://www.youtube.com/watch?v=BGyo_f_EJ6w