१८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्लाको तारिफ गरेका छन् । प्रधानमन्त्री ओलीले झापा जिल्ला सभाको प्रथम बैठक उद्घाटनको क्रममा आफ्नो जिल्ला सुपर जिल्ला भएको बताएका हुन् ।
उनले भने, ‘यो सुपर जिल्ला हो । यहाँ सुपर आँप फल्छ, यहाँ सुपर लिच्ची फल्छ । पनि सुपर हुन्छ यहाँ । यो यस्तो सुपर एरिया हो । सुपर धान, सुपर मकै, सुपर माछा । हामी काठमाण्डुलाई पानी खुवाउँदैछौँ ।’
https://www.youtube.com/watch?v=BGyo_f_EJ6w
उत्तरमा पर्ने काठमाण्डुलाई दक्षिणमा पर्ने झापाले कसरी पानी खुवाउँछ ? त्यसको बयान र्याप गायकको शैलिमा उनले एकै सासमा यसरी गरे, ‘मेलम्चीको पानी भनेको इन्द्रावतीको पानी हो, इन्द्रावतीमा आउने भन्या कोशीको पानी हो, कोशीमा आउने पानी अलिकति हामीले लिएर काठमाण्डुलाई खुवाउँदैछौँ । हाम्रो पानी, कोशीमा आउने पानी । अरु थुप्रै चिज हामी दिन सक्छौ त्यसका लागि योजना बनाउनुस् ।’
त्यसैगरी उनले झापामा पाइने जनावरको पनि व्याख्या गरे । ‘बंगाल टाइगरको नाममात्र बंगाल । बंगाल टाइगर बंगालको हैन हाम्रो हो ।’
उनले झापामा उपद्रो मच्चाउन आउने हात्तीहरु पनि जेनेटिक मेमोरीका कारण पहिलेको बसोबासको थलो सम्झिएर झापामा आउने गरेको दावी गरे ।
https://www.youtube.com/watch?v=BGyo_f_EJ6w










