काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रसँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताउनुभएको छ ।

‘समान अस्तित्वका आधारमा पार्टी एकता हुन्छ’ सचिव भट्टराईले मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा भन्नुभयो,‘तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर अहिले नै घोषणा गर्न भने मिल्दैन । लोकतान्त्रिक पार्टीमा त्यस्तो हुँदैन । महाधिवेशनले जसलाई चुन्छ, त्यही अध्यक्ष हुन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले नेता भट्टराईले राजनीतिक दस्तावेज तयार भइसकेको तर संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको बताउनु भयो । ‘विगतमा अल्मलिएर होइन, आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन’ उहाँले भन्नुभयो, ‘एकतामा एक हिस्सा पनि भन्ने समस्या छैन । एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ । पचास वा अरु प्रतिशतमा अल्मलिनु पर्दैन ।’ जनाता समाचार बाट साभार