आइतबार राति जंगलमा मृत भेटिएका काभ्रेको धुलिखेल नगरपालिका–२ रबिओपीका ४० वर्षीय मंगल तामाङलाई आफन्त र गाउँलले जलाउन घाटमा पु-याएका थिए । लास जलाउन तयारी भइरहेका बेला मुचुल्का नउठाई लास जलाउन लागिएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ ।
जनप्रतिनिधिको रोहबरमा जलाउन घाटमा पुर्याइएको मृत शरीर प्रहरीले अस्पताल लगेपछि स्थानीयहरु अचम्ममा परेका छन् । आइतबार राती १ बजे शव दाहसंस्कार गर्न घाटमा पु¥याएर पनि प्रहरीले घाटबाटै नियन्त्रणमा लिएको हो ।झुण्डिएर आत्महत्या गरेका तामाङको शव घरमा नलगि र प्रहरी मुचुल्का नै नउठाई वडा अध्यक्ष अर्जुन न्यौपानेको रोबरमा जलाउन घाटमा पु-याइएको स्थानीयहरुले बताए ।
प्रहरीले मुचुल्का उठाएर शव जलाउँनु पर्छ भन्ने थाहा भएपनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै नलगिकन घाटमा लगेको स्थानीय तिर्थबहादुर तामाङले बताए । ‘मुचुल्का उठाउँनुपर्छ भन्ने थाहा थियो, पैसा पनि थिएन उनको परिवारसँग उनले भने, ‘हामीले त साँझा ६ बजेतिर थाहा पायौं ।
पोष्टमार्टम गर्न गाडी भाडा तिर्ने पैसाले दाहसस्कारलाई पुग्छ भनेर घरमै नलगिकन जलाउनलाई घाटमा लगिएको हो । कसले प्रहरीलाई खबर ग¥यो थाहा छैन, छोरीलाई सोधबुझ गर्दा होइन भन्छ ।’
जनप्रतिनिधिको रोहबरमा जलाउन लगेको खुलासा
कुनै पनि व्यक्तिले आत्माहत्या वा हत्या गरेमा वा घटेमा प्रहरी प्रशासनलाई खबर गरेर प्रहरीले मुचुल्का उठाउँनु पर्छ । तर, काभ्रे धुलिखेल नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन न्यौपानेले भने आफ्नै रोबहरमा तामाङको झुण्डिएको शवलाई प्रहरी मुचुल्का नै नउठाई जलाउन अनुमति दिएको खुलसा भएको छ । राती ११ बजे घटनास्थलमा पुगेका एक प्रहरीले दिएको जानकारी अनुसार, वडा अध्यक्ष न्यौपानेको रोबरमा स्थानीयहरुले मुचुल्का नै नउठाइकन, घरमै नलगि सिधै घाटमा जलाउन लगेको खुलासा भएको हो ।
यस विषयमा बुझ्ँदा वडा अध्यक्ष अर्जुन न्यौपानेले आफु घटनास्थलमा साढे ६ देखि ७ बजेभित्रमा पुग्दा स्थानीय सबै जनाले झुण्डिएको शव घाटमा जलाउन लाने तयारी गरेको बताए । ‘मैले भने प्रहरीले मुचुल्का नउठाइकन हुँदैन भने उनीहरुले यही जलाउने भन्नु भयो, मैले जे सुकै गर भनेर घर फकिएर उनले भने, प्रहरीले पनि मेरै रोबरमा मुचुल्का उठाएको भनेर राती १० बजेतिर फोन गरी राख्नु भएको थियो मेरो रोबरमा शब जलाउन घाटमा पठाएको होइन ।’
एक स्थानीयले प्रहरीलाई खबर गरेपछि दाहासंकार स्थलबाट लास फर्काइएको इलाका प्रहरी कार्यालय बनेपाका असाई कुमार चौलागाईले बताए । ‘हामीलाई खबर ढिला आयो १० बजे इलाका प्रहरी कार्यालय बनेपाबाट मेरो नेतृत्वमा घटनास्थल गएको हो ।
उनले भने, ‘राती ११ बजे पुगे घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमका लागि शिर मेमोरियल बनेपामा राती १ बजे ल्याए सोमबावर दिउँसो पोष्टमार्टम भएको छ ।’ इलाका प्रहरी कार्यालय बनेपाका प्रमूख प्रहरी निरिक्षक सुनिलजंग शाहले शव बुधबार पोष्टमार्टम गरिने र त्यसका आधारमा अनुसन्धान प्रक्रिया सुरु गरिने बताए ।
पोष्टमार्टमपछि लासको दाहसंस्कार
तामाङको सोमबार पोष्टमार्टम र प्रहरीको मुचुल्का गरी लासको दाहसस्कार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाई सोमवार शिर मेमोरियल अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई जिम्म लगाएको र दाहसस्कार गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले बताए ।
उनले भने, ‘परिवारले पहिला देखिनै मानसिक सुन्तुलन ठिकन नभएको निवेदन दिएको र कानुन बमोजिम मुचुल्का उठाइ उठाइै परिवारलाई जिम्मा लगाएको र स्थानीय परम्परा अनुसार दाहसस्कार गरिएको छ ।’ नयापत्रिका बाट










