दमक /अघि साँझ ५ बजे कमल गाँउपालिका वडा नं. ६ मा साविक लखनपुर गाविसको कार्यालय अगाडि दूर्घटना हुदा एक ब्याक्ति गम्भिर घाइते भएकाछन् ।
मिनी ट्रकले सिटी सफारीलाइ ठक्कर दिदा सिटी चालक कमल ६ का ३५ बर्षिय जगतबहादुर बिक गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।
प्रहरीको भेनले नै उनलाइ उद्धार गरेर तत्काल लाइफलाइन अस्पताल पुर्याएको थियो । बस्नेतका अनुसार उत्तरबाट दक्षिण जाँदै गरेको को १ क १५७२ नम्बरको मिनी ट्रकले बिपरीत दिशाबाट आइरहेको द.न.पा.इ १८ नम्बरको सिटी सफारीलाइ ठक्कर दिएको थियो । घाइतेको दमकमा उपचार हुन नसकेपछि न्यूरो अस्पताल रेफर गरेको जनाईएको छ । उनको अवस्था गम्भिर रहेको छ ।










