चरिकोट, १८ वैशाख परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारीको शिलसिलामा विदेशीहरु नेपाल आउने दाबी गरेका छन् ।

दोलखा चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले आगामी दश वर्षपछि नेपाली युवाहरुका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य भएर उनीहरुलाई घुम्नका लागि विदेश जाने वातावरण बनाउन अहिलेको सरकार लागिपरिरको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री ज्ञवालीले स्थिरता र समृद्धिका निम्ति वर्तमान सरकारको कामबाट अत्तालिएर विपक्षीहरुले अधिनायकवादको आरोप लगाएको उल्लेख गर्दै मुलुकको समृद्धि र विकासमा सहयोग गर्न सबैसंग आग्रह गरे ।

सुन तस्कारी प्रकरणमा लहरो तान्दा पहरो खस्न थालेको तथा गुण्डागर्दी र सिन्डिकेटविरुद्ध सरकार निर्ममताका साथ प्रस्तुत भइरहेको बताउँदै उनले सरकार बेथिति नियन्त्रणमा लागिपरेको धारणा व्यक्त गरे ।

मन्त्री ज्ञवालीले दण्डहिनता र बेथिती नियन्त्रण गरेर विकासका ढोकाहरु खोल्नु सरकारको विशेष प्राथामिकता रहेको बताउँदै वर्तमान सरकारकै पालामा १५ हजार मेगावाट बिजुली थप्ने, पाँच वर्षभित्र कृषिमा देशलाई आत्मनिर्भर बनाउने तथा रक्सौल –काठमाडाँै र केरुङ –लुम्बीनीलाई रेलमार्गसंग जोड्ने बताए । लोकान्तर बाट साभार