प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्लाको तारिफ गरेका छन् । प्रधानमन्त्री ओलीले झापा जिल्ला सभाको प्रथम बैठक उद्घाटनको क्रममा आफ्नो जिल्ला सुपर जिल्ला भएको बताएका हुन् । उनले भने, ‘यो सुपर जिल्ला हो । यहाँ सुपर आँप फल्छ, यहाँ सुपर लिच्ची फल्छ । पनि सुपर हुन्छ यहाँ । यो यस्तो सुपर एरिया हो । सुपर धान, सुपर मकै, सुपर माछा । हामी काठमाण्डुलाई पानी खुवाउँदैछौँ ।’
उत्तरमा पर्ने काठमाण्डुलाई दक्षिणमा पर्ने झापाले कसरी पानी खुवाउँछ रु त्यसको बयान र्याप गायकको शैलिमा उनले एकै सासमा यसरी गरे, ‘मेलम्चीको पानी भनेको इन्द्रावतीको पानी हो, इन्द्रावतीमा आउने भन्या कोशीको पानी हो, कोशीमा आउने पानी अलिकति हामीले लिएर काठमाण्डुलाई खुवाउँदैछौँ । हाम्रो पानी, कोशीमा आउने पानी । अरु थुप्रै चिज हामी दिन सक्छौ त्यसका लागि योजना बनाउनुस् ।’
त्यसैगरी उनले झापामा पाइने जनावरको पनि व्याख्या गरे । ‘बंगाल टाइगरको नाममात्र बंगाल । बंगाल टाइगर बंगालको हैन हाम्रो हो ।’
उनले झापामा उपद्रो मच्चाउन आउने हात्तीहरु पनि जेनेटिक मेमोरीका कारण पहिलेको बसोबासको थलो सम्झिएर झापामा आउने गरेको दावी गरे । हिमाली पोस्ट










