धादिङ । थाक्रे गाउँपालिका २ स्थित बाह्रकिलोमा बुधबार बिहान नेपाली सेनाको गाडी ट्रक र अन्य सवारी साधनसँग जुधेको छ ।

तीब्र गतिमा रहेको सेनाको गाडी मालवाहक ट्रक र अन्य ४ वटा सवारीसँग महादेवबेशी वजार नजिकै जुध्दा अनौठो तवरले आगोको मुश्लो निस्कियो र त्यही आगोले सवारी साधन जलेका छन् । सवारी साधन एकआपसमा ठोक्किदा ट्रकमा आगलागी भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकल ट्रकमुनी पर्दा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी र बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन । दुर्घटनामा ३ जना घाइते भएका छन् । जनता समाचार बाट साभार