काठमाडौं । कञ्चनपुरमा भारतीय एसएसबीले नेपालमाथि गरेको दादागिरी सैह्य नहुने प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ ।

कञ्चनपुर जिल्ला पुर्नबास नगरपालिका क्षेत्रमा तारबार गर्ने सन्दर्भमा भारतीय पक्ष बाट भएको नेपाल माथिको दुव्यावहारले दुवै देशको सम्बन्धमा तित्तता आउन सक्नेमा उहाँले संकेत गर्नुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कैलालीको चौमालामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशको राष्ट्रिय स्वाधीनतामा आँच आउने गतिविधि सह्य नहुने बताउनु भएको हो । सिमा सम्बन्धि विवाद कुटनैतिक तह बाट दुवै देशका प्राविधिकहरुको सहभागिता मा हल भइरहेको बताउदै उहाँले यस्तो चेतावनी दिनुभएको हो । भारतीय सिमाना पर्ने पुर्नबासमा भारतीय पक्षको दादागिरी कायमै छ ।

जनता समाचार बाट