काठमाडौं– नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक डाकेको छ।

एमालेसँग पार्टी एकताबारे अन्तिम वार्ता गर्नुअघि आफ्नो ठोस धारणा बनाउन र सरकारका गतिविधिका बारेमा छलफल गर्न माओवादीले केन्द्रीय सचिवालय समिति बैठक बोलाएपछि एमालेले पनि बैठक डाकेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेबाट सुरु हुँदैछ भने एमालेले साँझलाई बैठक बोलाएको हो।

हिजोमात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्स जयन्ती वा एक/दुई दिनभित्रै पार्टी एकता घोषणा हुने बताएका थिए।

गएको बैसाख ९ गते पार्टी एकता हुने भनिए पनि आन्तरिक व्यवस्थापन नसुल्झिएपछि एकताको मिति टरेको थियो।