दमक,१९ बैशाख /प्रदेश नम्बर १ कै सर्वाधिक राशी भएको यहाँस्थित दमक गोल्डकप फूटबल प्रतियोगिता आज बुधबारदेखि शुरु हुदै छ । गोल्डकपको दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । यसवर्ष झापामा भएका गोल्डकप मध्ये यो पाँचौ संस्करण हो ।

प्रतियोगिताका प्रचार संयोजक चन्द्र दाहालका अनुसार उद्घाटन खेलमा रमपम झापा ११ र मदन भण्डारी स्पोर्टस एकाडेमी वीच प्रतिष्पर्धा हुने छ । बैशाख २८ फाइनल खेलमा करेन्ट रुपन्देही , शसस्त्र प्रहरीको विभागिय टिम , त्रिभुवन आर्मी,नेपाल पुलिस , थ्रि स्टार क्लव, सरस्वती यूथ क्लव काठमाण्डौ , मनाङ मर्र्याङस्दी र आयोजक गरि १० वटा टिम सहभागि छन् । विजेताले नगद रु १३ लाख ११ हजार रुपैयाँ र उपबिजेताले नगद ६ लाख ११ हजारसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिव रु १ करोड ३६ लाख रुपैया लाग्ने आयोजकको अनुमान छ ।

आयोजक दमक खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाई अनुसार दमकलाई खेलकुदको शहरका रुपमा चिनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिएको र त्यसका लागि आवश्यक सवै तयारी पूरा भएको छ । गोल्डकप हेर्न दर्शकका लागि ५ हजार क्षमता रहेको अस्थायी प्याराफिट निर्माण गरिएको छ । स्थानीय दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुने सो प्रतियोगिता हेर्नका लागि शसुल्क टिकटको व्यवस्था गरेको छ । प्रवेशका लागि रु १ सय देखि ३ सयसम्मका टिकट राखिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड