जिल्ला अस्पताल प्युठानमा एक सुत्केरी महिलाको मृत्यु भएपछि आफन्त र स्थानियद्वारा बिरोध प्रदर्शन भएको छ । उनिहरुले अस्पताल तोड्फोड समेत गरेका छन । आन्दोलित स्थानीयले जिल्ला अस्पताल बिजुवार परिसरमा भेला भएर अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै विरोध प्रदर्शन भएपछि बिहानैदेखि अस्पताल तनावग्रस्त बनेको हो । मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै प्युठान भालुवाङ सडक खण्डमा सवारी साधन चल्न दिएका छैनन् । मृतकको शब समेत आफन्तले बुझेका छैनन् । आन्दोलनकारीले अप्रेशन थ्रेटरमा तोडफोड गर्न थालेपछी अस्पतालमा सुरक्षा बढाईएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए । स्थानिय प्रशासनले अस्पताल परिसरमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार बिहान सुत्केरी व्यथा लागेपछी भर्ना हुन अस्पताल आएकी उनको सामान्य अवस्थामा सुत्केरी हुन नसक्ने भएपछी दिउँसो बाह्र बजे शल्यक्रिया गरि बच्चा निकालिएको थियो । शल्यक्रिया गरेको झण्डै सात घण्टापछि मगंलवार राती सुत्केरी महिलाको मृत्यु भएको थियो ।

शल्यक्रियापश्चात् चौबिस घण्टा सम्म केही खान नदिनु भन्ने चिकित्सकको सुझाबलाई वास्ता नगरी बिरामीको आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको जिल्ला अस्पताल प्युठानका प्रमुख अच्युत कार्कीले बताए । यता बिरामीको कुरुवा बिपना धामी भन्छिन, ‘अस्पतालको लापरवाहीले मृत्यु भएको हो, हामीले पानी पिलाएकै थिएनौँ ।’

सुत्केरी हुन जिल्ला अस्पतालमा आएकी प्युठान नगरपालिका २ दाखाक्वाडी निवासी बर्ष २५ कि राधिका धामीको मंगलवार राती मृत्यु भएको हो । तनाव बढेपछी अस्पतालको सबै सेवा ठप्प भएको छ ।