नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल यतिवेला प्रतिनिधीसभा सदस्य छन् । प्रतिष्पर्धीमध्ये आइजीपी हुनको लागि आफू सबैभन्दा योग्य र पहिलो नम्बरमा रहेको तर तत्कालीन सरकारले विभिन्न प्रपन्च रचि आफूलाई आइजीपी हुनबाट रोकेको उनको आरोप छ ।

आफूलाई फसाउन सिंगो राज्य संयन्त्र परिचालन हुँदा आफू एक्लैले लडेको सिलवालले कान्तिपुर टेलिभिजनको कार्यक्रम फाएरसाइडमा कुराकानी गर्दै बताएका छन् । सिलवालले आफ्नो विरुद्ध राज्य निर्मम भएर लाग्दा एमालेले आफ्नो पक्षमा साथ दिएकाले एमाले पार्टीमा लागेको र त्यसअघि आफ्नो कुनै राजनीतिक पार्टीसँग सम्बन्ध नरहेको जिकिर गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिलवाल केन्द्रीय अनुसन्धान विभाग सिआईबीको प्रमुख हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन तस्करीमा संलग्न भएको पाइएपछि नेपाल प्रहरीमा आफू सँगसँगै जस्तो भर्ना भएका आफ्नै साथी एसएसपी श्याम खत्रीलाई पक्रिएका थिए ।

चुनावअघि सिलवाल गृहमन्त्री बन्ने हल्ला चलेको थियो । तर उनी गृहमन्त्री बन्न सकेनन् । यसमा प्रस्ट पार्दै सिलवालले भने–‘परिस्थिति अनुसार सरकारले मेरो भूमिका माग गरेमा म गृहमन्त्री बन्न सक्छु । मेरो अनुभव अनुसार प्रधानमन्त्रीले मलाई भूमिका दिनुहुनेछ ।’ प्रधानमन्त्री ओलीले आवश्यकता पर्दा आफूसँग सरसल्लाह लिने गरेको सिलवालले बताए ।

हेर्नुहोस् सांसद नवराज सिलवालसँगको कुराकानी

https://youtu.be/kMtNdY1PODY