एकताको मितिमा सरप्राइज दिने तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । केही समस्या नआए बैशाख २२ गते एकता गर्ने भित्रि तयारीमा रहेका दुवै दलले पछिल्लो पटक देखिएका विवादमा दुई पार्टीका अध्यक्ष गरेका सहमतिका विषयमा आन्तरिक छलफल हुने बताइएको छ ।

एमालेले अपरान्ह स्थायी कमिटिको बैठक बोलाएको छ भने माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक पार्टी कार्यालयमा बोलाइएको छ । बैठकमा कसरी पार्टी एकतामा जाने भन्ने विषयमा मुख्य छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता, एमालेले भने प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट काठमाडौं फर्किएपछि साँझ प्रधानमन्त्री निवास बालुवाटार स्थायी कमिटि बैठक बोलाएको हो । माओवादीले समानताका आधारमा एकता खोजेपछि केही समस्या आएको बताइएपनि मुख्यत प्रमुख नेताको व्यवस्थापन कसरी गर्ने भन्नेमै बहस केन्द्रीत रहेको छ । जनता टाइम्स बाट