स्थानीय स्तरमा हुने झैझगडा, मुद्दामामिला मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक स्थानीय तहको उपप्रमुख हुने व्यवस्था छ । तर, ललितपुरको एक नगरपालिकामा तीनै उपप्रमुख घरेलु हिंसाको शिकार भएकी छन् ।

श्रीमानको कुटाइबाट गोदावारी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार राती श्रीमान ध्रुब कुँवरले मुनालाई निर्घात कुटपिट गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घरायसी काममा विवाद भएपछि कुँवरले कुटपिट गरेको स्थानीयले बताएका छन । आँखामा गम्भीर चोट लागेकी मुनाको शरीरभरि निलडाम देखिएको प्रहरीले जनाएको छ । उपप्रमुख अधिकारी कुट्ने कुँवरलाइ बाँडेगाउँ प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी बृत सातदोबाटोको जिम्मा लगाएको छ ।

कुटाइबाट घाइते अधिकारीको उपचार भइरहेको छ । स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाली काग्रेसबाट उपप्रमुख बनेर अधिकारीले चुनाव जितेकी हुन ।

जनप्रतिनिधि बनिसकेकी श्रीमतीलाई मरनासन्न हुनेगरी कुट्ने श्रीमान कुँवरलाई हदै सम्मको कारवाही गर्न स्थानीयले माग गरेका छन् । कुँवरलाई थुनामा राखेर अनुसन्धान चलिरहेको सातदोबाटो प्रहरीले जनाएको छ । दैनिक नेपाल बाट साभार