दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई आफ्ना क्षमतामा विकास गर्न आग्रह गरेका छन्। बुधबार दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु निराश हुने काम छैन। काम गर्ने वातावरण बनेको छ। तपाईंहरु स्किल डेभेलप गर्नुस्।’
अहिलेसम्म खेलाडीले अभ्यास गर्ने वातावरण नै नभएको ओलीले स्वीकार गरे। उनले अब सरकार खेलकुदको विकासका लागि काम गर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘भएको दशरथ रंगशाला त मान्छे पस्न डर लाग्छ। भत्किन्छ कि जस्तो छ। कहाँ छ हामीकहाँ अभ्यास गर्ने ठाउँ? अब सरकारले रंगशाला निर्माणका लागि ध्यान दिनेछ।’
११ महिनापछि नेपालमा साफ गेम हुने स्मरण गर्दै त्यस्का लागि ठाउँ नरहेको बताए। गोल्डकप प्रतियोगिताहरु कुनै कलेज तथा विद्यालयका प्रांगणमा होइन रंगशालामा हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।
नेपालमा भइरहेका फुटबल प्रतियोगिताहरुमा बनेका दर्शक बस्ने प्यारापिट पनि ‘नमूना’ हुने गरेको उनले बताए। प्रधानमन्त्री ओलीले भने, ‘विदेशीले नमूना मानेर जान्छन् हाम्रा बाँसका प्यारापिट।’ देश संचार बाट










