काठमाडौं । सप्तरीमा १ लाख ३५ हजार घुससहित नायव सुब्बा पक्राउ परेका छन् । जिल्ला समन्वय समिति सप्तरीमा कार्यरत नासु योगेश्वरप्रसाद यादवलाई एक लाख पैंत्तिसहजार नगदसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
इटहरीबाट प्रहरी निरिक्षक ओमप्रकाश खनालको नेतृत्वमा खटिएको अख्तियार टोलीले नासु यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
यादवले महुली खोलाको पुल निर्माण कम्पनीसँग कमिसन वापतको १ लाख ३५ हजार घुस रकमसहित लिँदै गर्दा पक्राउ गरिएको प्रहरी निरिक्षक खनालले जानकारी दिनुभयो ।
पक्राउ गरिएको यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरी लगिने तयारी भइरहेको जनाएको छ ।










