मुम्बइ। बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको २ महिना बितिसकेको छ । यो अवधिमा उनको परिवार आफ्नो सामान्य जीवनतर्फ फर्कँदैछ । उनको जेठी छोरी जाह्नवीले आफ्नो डेब्यू फिल्म ‘धडक’को सुटिङ पूरा गरिसकेकी छिन् । कान्छी छोरी खुसीले साथीहरुसँग समय बिताइरहेकी छिन् ।
यही क्रममा हालै खुसीलाई मुम्बइको एउटा रेष्टुरेण्टमा देखियो । यस क्रममा सबैभन्दा धेरै ध्यान उनको फोनमा राखिएको वालपेपरले तान्यो । उनले आफ्नो फोनको स्क्रिनसेभरमा आफू आमा श्रीदेवीसँग हुँदाको बाल्यकालको एक फोटो राखेकी छिन् । यो फोटो खुसीको फोनमा देखिएसँगै भाइरल भएको छ ।











