दमक/दमक नगरपालिकाले घोषणा गरेको दमक नगर बिशिष्ठ सम्मान एवं पुरुस्कार पुराना लोकगायक एवं सर्वक एलपि जोशीलाइ प्रदान गरिएको छ । नगरपालिकाले घोषणा गरेपछि पहिलो यो सम्मान एवं पुरुस्कार ८२ बर्षिय जोशीले प्राप्त गरेकाहुन् ।
बुधबार दमक गोल्डकपको उद्घाटन समारोहमा लोकगायक जोशीलाइ एकलाख राशिको पुरुस्कार सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओली र १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधनर राइले प्रदान गरेकाहुन् ।
जोशीको सम्मानपत्र दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले पढेका थिए । दमकमा रहेर लोकगीत तथा सस्कृतीको जगेर्ना गर्न उल्लेख्य भूमिका निर्वाह गरेको सो अवसरमा उनले बताएका थिए ।











